२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

रौतहटमा बस दुर्घटना, ९ जना घाइते

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ फागुन ८ गते १३:३१
Shares
रौतहटमा बस दुर्घटना, ९ जना घाइते

रौतहट : रौतहटको चन्द्रनिगाहपुरबाट सदरमुकाम गौरतर्फ आउँदै गरेको यात्रुबाहक बस बिहीबार दुर्घटनामा परेको छ । गौर नगरपालिका–नजिक रहेको नेपाल विद्युत प्राधिकरण को सब–स्टेसन आसपास बस अनियन्त्रित भई विद्युत पोलमा ठोक्किँदा ९ जना यात्रु घाइते भएका छन् ।

चन्द्रनिगाहपुरबाट छुटेको ना ८ ख ८७७३ नम्बरको ‘ओम शक्ति’ बस गौर बसपार्क पुग्नै लाग्दा नियन्त्रण गुमाएको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार बस सडक छेउमा रहेको विद्युत प्राधिकरणको सब–स्टेसन नजिक जडान गरिएको ट्रान्सफर्मरसहितको पोलमा ठोक्किएको थियो । ठक्करका कारण बसको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

दुर्घटनापछि स्थानीय बासिन्दा र प्रहरी टोलीले तत्काल उद्धार कार्य सञ्चालन गरेका थिए । घाइते भएका ९ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको छ । अस्पताल स्रोतका अनुसार घाइते सबैको अवस्था खतरामुक्त रहेको छ र उपचार जारी छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले बस अनियन्त्रित हुनुको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ । प्रारम्भिक रूपमा तीव्र गति वा प्राविधिक गडबडीका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

दुर्घटनाका कारण विद्युत पोल र ट्रान्सफर्मरमा क्षति पुग्दा केही समय उक्त क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको थियो । नेपाल विद्युत प्राधिकरणको टोलीले क्षतिग्रस्त संरचनाको मर्मत कार्य सुरु गरिसकेको जनाएको छ ।

सम्बन्धित खबर