२०८२ चैत ६ गते शुक्रवार / Mar 20 , 2026 , Friday
२०८२ चैत ६ गते शुक्रवार
Ads

ग्रीस र स्पेन पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

shivam cement
२०८२ चैत ६ गते १५:०८
Shares
ग्रीस र स्पेन पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

काठमाडौंः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस र स्पेन पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका–३ बस्ने काभ्रे रोशी गाउँपालिका–६ घर भएका ३८ वर्षीय रकम बहादुर लोप्चन तामाङ र काठमाडौं महानगरपालिका–३१ बस्ने सिराहा मिर्चैया नगरपालिका–३ घर भएका २२ वर्षीय लक्ष्मण कुमार यादव रहेका छन् ।  

पक्राउ मध्ये रकम बहादुरले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ र लक्ष्मण कुमारले स्पेन पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट १३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रकम बहादुरलाई काठमाडौं महानगरपालिका–१३ बाट र लक्ष्मण कुमारलाई काठमाडौं महानगरपालिका–३१ बाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

ताजा खबर

सम्बन्धित खबर