२०८२ चैत ७ गते शनिवार / Mar 21 , 2026 , Saturday
२०८२ चैत ७ गते शनिवार
Ads

कपिलवस्तुको महाराजगञ्ज साम्प्रदायिक तनाव, ५ जना घाइते

shivam cement
धर्मेन्द्रकुमार कुर्मी
२०८२ चैत ७ गते २२:००
Shares
कपिलवस्तुको महाराजगञ्ज साम्प्रदायिक तनाव, ५ जना घाइते

कपिलवस्तु : कपिलवस्तुको महाराजगञ्ज नगरपालिका(बर्गदवा क्षेत्रमा दुई समुदायबीच उत्पन्न तनावपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । शनिबार दुई समुदायका युवाबीच सुरु भएको विवाद चर्किँदै गएपछि सम्भावित झडप रोक्न प्रशासनले दिउँसो २ बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा लागू गरेको हो ।

निषेधाज्ञाअनुसार कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा समूहगत गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ । घटनाका क्रममा भएको झडपमा केही व्यक्ति घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि शिवराज अस्पताल बहादुरगञ्जमा ल्याइएको छ । गोली लागेर घाइते भएका तीन जनालाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको छ भने अन्य दुई जनाको शिवराज अस्पतालमै उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

गोली लागेर घाइते हुनेहरूमा सानो बुटहनिया निवासी २२ वर्षीय अरुण भनिने जितेन्द्र यादव, भोरहवा निवासी २० वर्षीय मोनु पासी र जिगना निवासी २५ वर्षीय प्रदीप पासी रहेका छन् । उनीहरूलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको छ ।

त्यस्तै सानो बुटहनिया निवासी २२ वर्षीय महेन्द्र रैदास हाल शिवराज अस्पतालको आकस्मिक कक्षमा उपचाररत छन् । अजिगरा निवासी ७५ वर्षीय काशी रैदास ढुङ्गामुढा प्रहारबाट घाइते भइ सोही अस्पतालमा उपचार गराइरहेका छन् ।

स्थिति थप बिग्रिन नदिन क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाएको छ । साथै, स्थानीय प्रशासनले सबैलाई संयमित रहन, अफवाह नफैलाउन र शान्ति कायम राख्न सहयोग गर्न आग्रह गरेको छ । यता आन्दोलनकारीहरु गैडहवा , बहादुरगंज , बुटअनिया, डुमरा लगायतका चौकमा टायर बालेर चकाजाम गरेका छन । साथै दोषीलाई कार्यवाहीको माग गरिरहेका छन ।

ताजा खबर

सम्बन्धित खबर