२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

खोलाले बगाउँदा एक जना बेपत्ता

ADV
प्रचण्ड खत्री
२०८१ साउन १९ गते १८:५८
खोलाले बगाउँदा एक जना बेपत्ता

रुकुम पश्चिम : रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ निवासी अन्दाजी ५५ वर्षीय तेजबहादुर बुढा झुल्खेतको चुनाखोलाले बगाउँदा बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आज दिउँसो बुढालाई खोलाले बगाएको हो । घरबाट गोठतर्फ जाने क्रममा खोला तर्न खोज्दा बुढालाई खोलाले बगाएको बुझिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकले बताए  ।

बुढालाई खोलाले बगाएको सूचना पाएपश्चात झुल्खेत, सोलाबाङ क्षेत्रमा प्रहरी परिचालन गरेर खोजी कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise