२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

खोलाले बगाउँदा एक जनाको मृत्यु

ADV
प्रचण्ड खत्री
२०८१ साउन १९ गते १९:२५
खोलाले बगाउँदा एक जनाको मृत्यु

रुकुम पश्चिम : झुल्खेतको चुनाखोलाले बगाउँदा रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ निवासी अन्दाजी ५५ वर्षीय तेजबहादुर बुढाको मृत्यु भएको छ । वडा नम्बर ३ र १३ को बीचमा पर्ने मुग्लुखोलामा उनको शव फेला परेको हो । बुढाले घरमा श्रीमतीसँग झगडा गरेर मर्छु भनेर खोलामा गएर हाम फालेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आज दिउँसो बुढालाई खोलाले बगाएको थियो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकले बुढाले आत्महत्या गरेको हुन सक्ने बताए । 

बुढाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise