२०८२ चैत १० गते मङ्गलवार / Mar 24 , 2026 , Tuesday
२०८२ चैत १० गते मङ्गलवार
Ads

गुल्मी सेवा समाजलाई मोना कप भलिबलको उपाधि

himalayanlife
तिलोचन गौतम
२०८२ चैत १० गते १९:१७
Shares
गुल्मी सेवा समाजलाई मोना कप भलिबलको उपाधि

मलेसिया : मलेसियामा आयोजित तेस्रो ‘मोना कप भलिबल २०२६’ को उपाधि गुल्मी सेवा समाजले जितेको छ । म्याग्दी प्रवासी संघ (मोना) मलेसियाको आयोजनामा मार्च २१ देखि २३ तारिखसम्म सञ्चालन भएको प्रतियोगिताको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै गुल्मी सेवा समाज च्याम्पियन बनेको हो ।

प्रतियोगितामा १८ टोलीको सहभागिता रहेको थियो । तीन दिनसम्म चलेको प्रतिस्पर्धामा खेलाडीहरूले उच्च स्तरको खेल प्रदर्शन गरेका थिए भने दर्शकहरूको उल्लेखनीय उपस्थितिले खेललाई थप रोमाञ्चक बनाएको थियो ।

साथी भाइ टोली दोस्रो स्थानमा रह्यो भने आयोजक मोना मलेसिया तेस्रो स्थानमा सीमित भयो । विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमसँगै आयोजित लक ड्रतर्फ नं. ९५१ का विजय (शाह आलम) प्रथम, नं. ६८ का श्री हरि विश्वकर्मा दोस्रो तथा नं. ४५३ का बिनोद कुमार (सिराहा) तेस्रो भए । अन्य सहभागीलाई पनि सान्त्वना पुरस्कार वितरण गरिएको थियो ।

आयोजकका अनुसार, प्रतियोगिताले मलेसियामा रहेका नेपालीहरूबीच एकता, सहकार्य र भाइचारा सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको छ । साथै खेलकुदमार्फत स्वास्थ्य र सकारात्मक सन्देश प्रवाह गर्न पनि कार्यक्रम प्रभावकारी बनेको बताइएको छ ।

आयोजकले आगामी दिनमा यस्ता कार्यक्रम अझ व्यवस्थित र भव्य रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण सहयोगी तथा सहभागीप्रति आभार व्यक्त गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर