२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

विश्वव्यापी प्रदर्शनको तयारीमा ‘सुगुप’

ADV
मध्यान्ह
२०८१ साउन २० गते ११:३८
विश्वव्यापी प्रदर्शनको तयारीमा ‘सुगुप’

काठमाडौं : फिल्म ‘सुगुप’लाई विभिन्न पक्षबाट सहयोग पुर्‍याउने संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको छ ।

शनिबार कोटेश्वरस्थित रत्नज्योति होटलमा फक्ताङ्लुङ इन्टरटेनमेन्ट प्रा.लि. र ‘सुगुप’ निर्माण टिमले एक कार्यक्रम आयोजना गरी कलाकार, संगीतकार, प्राविधिकलगायतलाई मायाको चिनो र सम्मानबाट सम्मानित गरेको हो ।

रविनकुमार नाल्बो लिम्बू आदिको निर्माण रहेको ‘सुगुप’ लिम्बू समुदायमा अत्यधिक रुचाइएपछि नेपाली भाषामा डबिङ भएर विश्वव्यापी प्रदर्शनमा आउँदैछ । 

ताप्लेजुङ जिल्लामा छायाँकन भएको लिम्बू कथानक चलचित्र ‘सुगुप’ लाखे जात्राको अवसर पारेर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ सिटी हलमा आगामी भदौ ६ गतेदेखि भदौ ९ गतेसम्म दैनिकरुपमा प्रदर्शन हुने निर्देशक लोकेन सावाँ लिम्बूले जानकारी दिए ।

फिल्ममा पटकथा, लेखन देवेन्द्र खापुङ सुर्केली, सबटाइटल गौतम राज खड्का, डिबि आङ्बुङको रहेको छ । फक्ताङ्लुङ इन्टरटेन्डमेन्ट प्रा.लि.को आफ्नै युट्युब च्यानलबाट लिम्बू भाषामा रहेको चलचित्र ‘सुगुप’को नेपाली भाषाको ट्रेलर पनि सार्वजनिक भइसकेको छ ।

नेपाली भाषामा पहिलो चरणमा दक्षिण कोरिया, बेलायत, जापान, यूएई, मलेसिया, इजरायललगायतका देशमा प्रदर्शनमा ल्याउने तयारी भइरहेको फिल्मका प्रस्तुतकर्ता एवम् मुख्य निर्माता रविनकुमार नाल्बो लिम्बूले जानकारी दिए ।

वियोगान्त कथा बोकेको ‘सुगुप’भित्र वैवाहिक संस्कार, गरिबीभित्रको पीडालाई सामाजिक समस्याको रुपमा देखाइएको छ । फिल्ममा प्रेम सुब्बा, यासेली योङहाङ, मौसम इम्बुङ लिम्बू, बबिता नेयोङहाङ, पयाङगो मेन्याङबो, योमन सोदेम्बा, सागर केरुङ, रुकमान लिम्बू, निता लिम्बू, रविन इन्द्र शेर्पा, सुम्नीमा खापुङ, डम्बर कुमारीलगायतका कलाकारहरुको अभिनय रहेको छ । शैलेन्द्र कुमार नाल्बो, दिलमाया लाबुङ नाल्बो, एल.पी. साँवा लिम्बू, मनिषा सुब्बा नाल्बो, श्रीप्रसाद माबोको पनि फिल्ममा लगानी रहेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise