२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

Nada
सत्येन्द्र प्रताप सिंह
२०८२ चैत २० गते १३:२७
Shares
ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

रौतहट : रौतहटको गढिमाई नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बिहीबार राति वडा नम्बर ७ अन्तर्गत धरमपुर–धनाडी सडकखण्डको नहर नजिकै दुर्घटना भएको हो ।

ncell

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका अनुसार धनाडीबाट धरमपुरतर्फ जाँदै गरेको ना ६ त ९६८३ नम्बरको ट्याक्टर तीव्र गतिका कारण अनियन्त्रित भई सडकबाट तल खेतमा पल्टिएको थियो । दुर्घटनामा चालक ट्याक्टरको इन्जिनले थिचिँदा गम्भीर घाइते भएका थिए ।

मृत्यु हुनेमा गौर नगरपालिका–६ सबगढाका २८ वर्षीय रञ्जित साह रहेका छन् । गम्भीर चोटका कारण उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको  छ।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनास्थलमा पुगेर आवश्यक मुचुल्का तयार पारेको छ । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ ।

प्रहरीका अनुसार साँघुरो नहरको बाटो र तीव्र गतिका कारण चालकले सवारी नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर