२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

यो तिजमा रानु निरौला लर्की लर्की नाच्ने

shivam cement
२०८१ साउन २१ गते ११:५८
Shares
यो तिजमा रानु निरौला लर्की लर्की नाच्ने

काठमाडौं : गायिका रानु निरौलाको तिज गीत 'लर्की लर्की' सार्वजनिक भएको छ । कमल अधिकारीको शब्द संगीत रहेको गीतमा कमल अधिकारीकै संगीत संयोजन, मिक्सिङ मास्टरिङ रहेको छ ।

शुभेच्छा थापा, सुपा खनाल, जेशिका पोखरेल र रानु निरौलाको अभिनय रहेको गीतलाई नायिका तथा मोडल शुभेच्छा थापाले निर्देशन गरेकी छन् । रामेश्वर हुमागाईंको छायाँकन रहेको म्युजिक भिडियोमा नृत्य उपेन्द्र भण्डारीको रहेको छ ।

'लर्की लर्की'लाई सबैले मन पराइदिनेमा गायिका निरौला आशावादी रहेकी छन् । छिट्टै अर्को तिज गीत ल्याउने तयारीमा रहेकी रानु यसपालिको तिजमा आफ्ना गीतहरुले नेपाली दिदीबहिनीहरुलाई मनोरञ्जन प्रदान गर्नेमा ढुक्क छिन् ।


सम्बन्धित खबर