२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

बझाङमा पोखरीमा डुबेर दुई बालकको मृत्यु

Nada
रुपक खड्का
२०८३ वैशाख ३ गते १७:४१
Shares
बझाङमा पोखरीमा डुबेर दुई बालकको मृत्यु

बझाङ : बझाङको वित्थडचिर गाउँपालिकामा रहेको एक पोखरीमा डुबेर दुई जना बालकको ज्यान गएको छ । वित्थडचिर गाउँपालिकास्थित माथिल्लो वित्थडमा रहेको चिल्ड्रेन पार्कभित्रको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको हो ।

ncell

अन्दाजी ८ वर्ष उमेरका दुई बालक साथीहरूसँग खेल्ने क्रममा उक्त पोखरीमा पुगेका थिए । नुहाउने क्रममा उनीहरू डुबेको र समयमै उद्धार गर्न नसक्दा घटनास्थलमै ज्यान गएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक बालकहरूको पहिचान खुलेको छैन ।

यसैबीच, स्थानीय तह तथा अभिभावकहरूलाई बालबालिकाको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरिएको छ । विशेषगरी खुला पोखरी, नदी तथा जलाशय वरपर बालबालिकालाई एक्लै नछाड्न प्रहरीको सुझाव छ ।

ताजा खबर

सम्बन्धित खबर