
रुकुम पश्चिम : बाफिकोट गाउँपालिका–८ दुलीमैनेरीमा १६ वर्षीया दिलमाया खत्री आफ्नै घर नजिक सालको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
स्थानीयका अनुसार घटना सोमबार बिहानतिर भएको हो। घटनाको जानकारी पाएलगत्तै पुगेको प्रहरीले शव नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले पठाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार सोमबार बिहान करिब १०ः३० बजे मृतकका परिवारबाट जाहेरी दर्ता भएको र सोही आधारमा थप अनुसन्धान तथा पोस्टमार्टम प्रक्रिया अघि बढाइएको छ ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थलमा कुनै शंकास्पद वस्तु फेला नपरेको जनाएको छ । तर, स्थानीय बासिन्दाका अनुसार मृतक र छिमेकीकाबीच विगतमा विवाद तथा असहज सम्बन्ध रहेको भन्ने विषय पनि बाहिर आएको छ ।
प्रहरीले घटनासँग सम्बन्धित सबै पक्षको अध्ययन तथा सोधपुछ गरिरहेको र पोस्टमार्टम रिपोर्टपछि वास्तविक कारणबारे स्पष्ट हुने जनाएको छ । घटनाले स्थानीय क्षेत्रमा शोकको वातावरण सिर्जना भएको छ भने प्रहरीले निष्पक्ष अनुसन्धान जारी राखेको छ ।