२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

अन्तर विद्यालयस्तरीय कला-साहित्य प्रतियोगिता आयोजना हुने

ADV
मध्यान्ह
२०८१ साउन २३ गते १३:२२
अन्तर विद्यालयस्तरीय कला-साहित्य प्रतियोगिता आयोजना हुने

काठमाडौ : सहिद गंगालाल फाउन्डेसनको आयोजनामा 'रचनात्मक क्षितिज: सहिदप्रति सम्मान' कार्यक्रम अन्तर्गत उपत्यका स्तरीय कला साहित्य अन्तर विद्यालय प्रतियोगिता आयोजना हुने भएको छ । सांस्कृतिक सचेतना, प्रतिभा पहिचान, सामुदायिक संलग्नता र बौद्धिक विमर्श गर्ने उद्देश्यले उक्त प्रतियोगिता हुन लागेको हो । 

नेपालको सांस्कृतिक विविधता र सम्पदामा केन्द्रित रहने प्रतियोगितामा निबन्ध, कविता, बक्तृत्वकला र चित्रकला गरी चार विधामा प्रतिस्पर्धा हुने संस्थाका महासचिव सुर्यदीप प्रसाद श्रेष्ठले जानकारी दिए ।

यही भाद्र १४ गते हुने सो प्रतियोगिता अन्तर्गत चित्रकलामा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूको सहभागिता रहनेछ भने अन्य तीन विधामा ८ देखि १० कक्षाका विद्यार्थीको सहभागिता रहने महासचिवले श्रेष्ठले बताए । प्रतियोगितामा प्रथम हुनेहरूलाई नगद १० हजार रूपैयाँसहित पुरस्कृत गरिनेछ भने दोस्रो र तेस्रो प्रतियोगी पनि पुरस्कृत हुने आयोजकले जनाएको छ ।

प्रतिस्पर्धामा प्रथम हुनेहरूले माघ १६ मा हुने सहिद दिवसको मूल समारोहमा आफ्नो बक्तृत्वकला प्रस्तुत गर्नेछन् । विजयी चित्रकला सोही कार्यक्रममा प्रदर्शनमा राखिनेछ । यसैगरी पुरस्कृत निबन्ध र कविता संस्थाको जर्नलमा प्रकाशित गरिनेछ ।

भाद्र १४ गते काठमाडौं भृकुटीमण्डपस्थित वाल्मीकि क्याम्पसमा हुने यो प्रतियोगितामा सहभागी हुन चाहने विद्यालयले यही साउन ३२ गतेसम्ममा आफ्नो नाम दर्ता गरिसक्नुपर्नेछ । हरेक विधामा एक विद्यालयबाट दुई विद्यार्थी सामेल हुन सक्नेछन् । सामुदायिक विद्यालयले नि:शुल्क नाम दर्ता गर्न सक्नेछन् भने निजी विद्यालयको हकमा रू ५ हजार शुल्क लाग्नेछ । इच्छुक विद्यालयले संस्थाको टेलिफोन ०१५३८८११३ वा इमेल [email protected] मार्फत् सम्पर्क गर्नुपर्ने आयोजकले जनाएको छ।

जहानियाँ राणाशासनका विरुद्ध छेडिएको आन्दोलनका कान्छा र विद्यार्थी सहिद गंगालाल श्रेष्ठको स्मृतिमा स्थापित सहिद गंगालाल फाउन्डेसनले शिक्षा र संस्कृतिमा काम गर्दै आएको छ । संस्थाले गत बर्ष सामुदायिक विद्यालयहरूमा साइबर सुरक्षा, मनोबैज्ञानिक सिकाइ र बित्तीय साक्षरता सम्बन्धी अनेकन जनचेतनामुलक कार्यक्रम संचालन गरेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise