२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

दुई छोरासहित एक महिला बेपत्ता

ADV
प्रचण्ड खत्री
२०८१ जेठ २६ गते १५:४१
दुई छोरासहित एक महिला बेपत्ता

रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ निवासी २४ वर्षिया अंकिता केसी नाथ २ छोराहरु कुशल र किस्मत नाथसहित बेपत्ता भएकी छन् । सात वर्षका जुम्ल्याहा छोरासहित अंकिता गत जेठ १३ गतेदेखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । 

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखत बहादुर शाहीका अनुसार घरबाट जिल्ला अस्पताल सल्लेमा चेकजाँचका लागि भन्दै हिँडेकी खत्री हालसम्म परिवारको सम्पर्कमा नआएपछि खोजी कार्यका लागि निवेदन प्राप्त भएको छ । 

खत्रीका ससुरा हरिबहादुर नाथले बुहारी र नातीहरुको खोजीकार्यको मागसहित प्रहरीमा निवेदन दिएका छन् । बेपत्ता खत्रीका श्रीमान वैदेशिक रोजगारीका लागि देश बाहिर थिए । श्रीमती र छोराहरु बेपत्ता भएको खबरपछि उनी पनि नेपाल फर्किएको बताइएको छ । 

प्रहरी निरीक्षक शाहीले सबैतिर हुलिया परिपत्र गरिएको जानकारी दिए । घरपरिवारबाट सम्पर्कविहीन आमाछोरालाई देख्ने वा भेट्नले नजिकैको प्रहरी चौकी वा आफन्तलाई सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।
 

ADVADV

सम्बन्धित खबर

Advertise