२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

तीन व्यवसायी रास्वपा केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

Nada
२०८३ असार ८ गते ०६:२०
Shares
तीन व्यवसायी रास्वपा केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौं : सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी प्रथम महाधिवेशनमा  केन्द्रीय समिति सदस्यका लागि तीन जना वैदेशिक रोजगार व्यवसायी मैदानमा उत्रिएका छन् ।

ncell

पार्टीको केन्द्रीय संरचनाअन्तर्गत केन्द्रीय श्रम तथा उपभोक्त हित विभाग सदस्यको जिम्मेवारीमा लामो समयदेखि कार्यरत रहेका नुर मोहम्मद मियाँ, सोही विभाग सदस्य रहेका नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वमहासचिव सुजितकुमार श्रेष्ठ र अख्तर हुसेन केन्द्रीय सदस्यको प्रतिस्पर्धामा उत्रिएका हुन् ।

मियाँ विभागबाट महाधिवेशन प्रतिनिधि चुनिएका हुन्, श्रेष्ठ केन्द्रीय समितिबाट मनोनीत अन्तर्गत महाधिवेशन प्रतिनिधि हुन् । हुसेन पार्टीको केन्द्रीय अभियान तथा प्रचार प्रसार विभागबाट महाधिवेशन प्रतिनिधिका रूपमा चुनिएका हुन् ।

मियाँ र हुसेन मुस्लिम क्लस्टरबाट तथा श्रेष्ठ आदिवासी जनजाती क्लस्टरबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवार बनेका छन् । रास्वपामा मंगलबार बिहान साढे ८ देखि दिउँसो ३ बजेसम्म पार्टी सभापति र केन्द्रीय सदस्य पदका लागि मतदान हुने कार्यतालिका रहेको छ ।

सम्बन्धित खबर