एजेन्सी : भारतीय चर्चित हास्यकलाकार राजु श्रीवास्तावको ५८ वर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण ४२ दिनदेखि आइसियुमा रहेका श्रीवास्तावको बुधबार बिहान अखिल भारतीय आयुर्विज्ञान संस्थानमा निधन भएको हो ।
श्रीवास्ताव ट्रेडमिलमा आफ्नो दैनिक व्यायाम गर्दै गर्दा हृदयघात भएपछि अगस्ट १० देखि दिल्लीको अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्समा उपचारत थिए । उत्तर प्रदेशको कानपुरमा सन् १९६३ डिसेम्बर २५ मा जन्मिएका श्रीवास्तावले सन् १९९३ देखि हास्यव्यंग्य यात्रा शुरु गरेका थिए ।
श्रीवास्तव राजनीतिमा संलग्न थिए । सन् २०१४ मा कानपुरबाट लोकसभा चुनावको टिकट समेत पाएका थिए, तर उम्मेदवार बन्ने प्रस्तावलाई उनले अस्वीकार गरेका थिए ।
सानैदेखि मिमिक्री र कमेडी गर्न मनपराउने श्रीवास्तावको बाल्यकालको नाम श्रीवास्तव भएपनि बलिउडमा उनी राजु श्रीवास्तव नामले चिनिन्थे । उनी गजोधर राजु भैयाको नामले समेत चिनिन्थे । स्ट्यान्डअप कमेडियन श्रीवास्तव हरेक परिस्थितिलाई जोक्स र कमिक्स बनाइ सही समयमा दर्शक हँसाउन सक्ने कलाकार थिए ।
त्यस्तै उनी बिग बोसुको तेस्रो संस्करणमा समेत सहभागी भएका थिए । मैंने प्यार किया, बाजीगर, बिग ब्रदर, लगायत थुप्रै भारतीय सिनेमाहरुमा अभिनय समेत गरेका थिए ।
उनी उत्तर प्रदेश फिल्म डेभलेभमेन्ट काउन्सिलका अध्यक्षसमेत भएका थिए ।श्रीवास्तावका श्रीमती एक छोरा र एक छोरी छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies