२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

लोकतान्त्रिकको नवनिर्वाचित कार्यसमितिको पदबहाली आज

Nada
२०८३ असार ८ गते ०६:२५
Shares
लोकतान्त्रिकको नवनिर्वाचित कार्यसमितिको पदबहाली आज

काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नवनिर्वाचित कार्यसमितिले सोमबारबाट कार्य प्रारम्भ गर्ने भएको छ । सोमबार बिहान नयाँ बानेश्वरस्थित एसोसिएसनको कार्यालयमा पदबहाली गर्ने तयारी रहेको नवनिर्वाचित महासचिव सुमनराज पाण्डेले जानकारी दिए ।

ncell

शुक्रबार नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले उद्घाटन गरी प्रारम्भ भएको एसोसिएसाको १३औं साधारण सभा शनिबार बिहान १९ सदस्यीय कार्यसमिति निर्वाचित गर्दै सम्पन्न भएको थियो । एसोसिएसनको अध्यक्षमा रामप्रसाद गैरे आफ्ना प्रतिस्पर्धी किशोर केसीलाई आधाभन्दा बढीको मतान्तरले हराउँदै निर्वाचित भएका छन् ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा सुवर्ण लामा, द्वितीय उपाध्यक्षमा हर्कबहादुर लिम्बू, तृतीय उपाध्यक्षमा हिरादेवी बुढाथोकी, महासचिवमा सुमनराज पाण्डे, सचिवमा हिमा गुरुङ, सहसचिवमा जगतबहादुर गुरुङ, कोषाध्यक्षमा भिममाया कार्की (कल्पना) तथा सहकोषाध्यक्षमा कैलाश पाठक निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यमा विष्णुप्रसाद सापकोटा, नविन क्षेत्री पौडेल, युवराज खतिवडा, ओमप्रकाश शिवाकोटी, उर्मिला लामा, शेरबहादुर गुर्माछान, राजेश मैनाली, विक्रम खतिवडा, पुण्यकुमार श्रेष्ठ र मिलन पोख्रेल निर्वाचित भएका छन् ।

सम्बन्धित खबर