काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघ तथा प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले काठमाडौंको कपनमा भएको आगलागीबाट पीडित वैदेशिक रोजगार व्यवसायी डायमण्ड ओभरसिज प्रा.लि.का सञ्चालक टंकबहादुर घिसिङलाई आपतकालीन राहतका लागि जुट्न आग्रह गरेका छन् ।
व्यवसायी घिसिङको कपनमा रहेको घरमा बुधबार भएको आगलागीमा परी ताप्लेजुङ घर भएका २७ वर्षीय कासाङ तेञ्जी शेर्पा, संखुवासभाका अशोक राई र काठमाडौं महानगरपालिका २६ रानीबारी बस्ने छेवाङ शेर्पाको ज्यान गएको थियोे । आगलागीमा एक जना घाइते भएका छन् ।
संघ तथा मञ्चको नेतृत्वले आगलागीबाट क्षतिग्रस्त भवनको स्थलगत निरीक्षण गरेकोे छ । व्यवसायी घिसिङले आगलागीबाट घर पूर्णरूपमा क्षतिग्रस्त भएकाले पुरै भत्काएर नयाँ बनाउनुपर्ने अवस्था रहेको बताए ।
बिहीबारसम्म पाँच करोड बढीको क्षति भएको विवरण संकलन गरिएको भन्दै व्यवसायी घिसिङले विवरण संकलन कार्य जारी रहेकाले क्षतिको विवरण ठूलो हुने बताए । बुधबार बेलुका घिसिङको घरमा आगलागी भएको थियो । आगो बुधबार राति नै नियन्त्रणमा लिइएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies