२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

विश्वभर फैलिएका नेपालीहरू सौम्य शक्तिका महत्वपूर्ण स्रोत : रास्वपा

Nada
२०८३ असार १० गते ०६:२०
Shares
विश्वभर फैलिएका नेपालीहरू सौम्य शक्तिका महत्वपूर्ण स्रोत : रास्वपा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली डायस्पोरालाई केवल रेमिट्यान्सको स्रोतका रूपमा नभई ज्ञान, सीप, नवप्रवर्तन, लगानी, अन्तर्राष्ट्रिय अनुभव र विश्वव्यापी सञ्जालको वाहकका रूपमा हेर्ने बताएको छ ।

ncell

चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा विश्वभर फैलिएका नेपालीहरू नेपालको सौम्य शक्तिका सबैभन्दा महत्वपूर्ण स्रोत भएको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा विदेशस्थित नेपालीहरूको बौद्धिक, आर्थिक तथा सामाजिक पुँजीलाई राष्ट्रिय विकाससँग जोड्न विशेष कूटनीतिक तथा नीतिगत संयन्त्र निर्माण गर्नु पार्टीको प्राथमिकता हुने जनाइएको छ ।

गैरआवासीय नेपालीहरूको नेपालसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै उनीहरूको ज्ञान, प्रविधि, लगानी र अनुभवलाई राष्ट्रिय समृद्धिको अभियानमा परिचालन गर्न रास्वपाले पुलको काम गर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा अगाडि भनिएको छ, ‘विश्वभर फैलिएको नेपाली डायस्पोरालाई हामी नेपालको आर्थिक तथा सामाजिक रूपान्तरणको महत्वपूर्ण साझेदार मान्छौं । गैरआवासीय नेपालीहरूको ज्ञान, सीप, पुँजी र अन्तर्राष्ट्रिय सञ्जाललाई राष्ट्रिय विकाससँग जोड्न उनीहरूलाई पूर्ण आर्थिक, सामाजिक तथा लगानीसम्बन्धी अधिकार दिनुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ ।’

ताजा खबर

सम्बन्धित खबर