काठमाडौं : भदौ महिनामा वैदेशिक रोजगारीका लागि संस्थागतरूपमा ३३ हजार ३ जना नेपाली युवायुवती मलेसिया गएका छन् । संस्थागतरूपमा ५० हजार ५० युवायुवती पहिलोपटक वैदेशिक रोजगारीमा गएकोमा मलेसिया जानेको संख्या आधाभन्दा बढी छ । भदौमा १ हजार ८३ महिला मलेसिया गएका छन् ।
भदौमा संस्थागत वैधानिकीकरण, व्यक्तिगत नयाँ र पुनः श्रम स्वीकृतिमार्फत ७६ हजार ४ सय ३ जना युवायुवती वैदेशिक रोजगारीका लागि विदेश गएका छन् । यो संख्या कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारी शुरु भएयताकै धेरै हो ।
वैदेशिक रोजगार विभागद्वारा सार्वजनिक मासिक प्रगति विवरणअनुसार भदौमा मलेसिया त्यसपछि क्रमशः म्यानपावर कम्पनीमार्फत कतारमा ४ हजार ३ सय ४ जना, कुवेतमा ३ हजार ८ सय ४९ जना, यूएईमा ३ हजार ४ सय ४३ जना, साउदी अरबमा ३ हजार २ सय ६ जना, बहराइनमा ४ सय ३५ जना र क्रोएसियामा १ सय ८२ जना गएका छन् । म्यानपावर कम्पनीहरुले विभिन्न १८ देशका लागि श्रम स्वीकृति लिएका छन् ।
वाइड स्पेस सबैभन्दा अगाडि
भदौ महिनामा वाइड स्पेस इन्टरनेशनल प्रा.लि.ले सबैभन्दा धेरै कामदार वैदेशिक रोजगारमा पठाएको छ । उक्त कम्पनीले ७६० पुरुष र १५ जना महिला गरी ७ सय ७५ जनालाई वैदेशिक रोजगारमा पठाउन अन्तिम स्वीकृति लिएको छ ।
त्यस्तै दोस्रो नम्बरमा द रिभर ओभरसिज प्रा.लि.ले एक जना महिलासहित ६ सय ८९ जना, नील कमल ह्युमन रिसोर्स प्रा.लि.ले ६ सय ४७ जना, मेरिडियन ओभरसिज प्रा.लि.ले ६ सय ३० जना, लाईफ इन्टरनशनल ओभरसिज प्रा.लि.ले ५ सय ९८ जना, लाल धनुष इन्टरनेशनल सर्भिस प्रा.लि.ले .५ सय ९३ जनाको अन्तिम श्रम स्वीकृति लिएका छन् ।
इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि.ले ५ सय ९१ जना, एक्सेस पार्टनर प्रा.लि.ले ४ सय ९७ जना र ह्वाइट हर्ष रिक्रुटमेन्ट प्रा.लि.ले ४ सय ८२ जना र दशौं स्थानमा रहेको स्काईवेयज ब्युरो सर्भिसले ४ सय ५७ जना पठाउन श्रम स्वीकृति लिएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies