२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

एसभिपीबारे श्रममन्त्रीद्वारा साउदी राजदूतसँग छलफल

Nada
२०८३ असार १३ गते ०६:१५
Shares
एसभिपीबारे श्रममन्त्रीद्वारा साउदी राजदूतसँग छलफल

काठमाडौं : युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले साउदी अरबको नेपाली कामदारको सीप प्रमाणीकरण कार्यक्रम (एसभिपी)बारे नेपालस्थित साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए. मनिकरसँग छलफल गरेका छन् । मन्त्री यादवले शुक्रबार मन्त्रालयमा राजदूत मनिकरलाई आमन्त्रण गरी एसभिपीबारे जानकारी लिएका हुन् ।

ncell

नेपालस्थित साउदी दूतावासले परराष्ट्र मन्त्रालयमार्फत श्रम मन्त्रालयलाई एसभिपीबारे पत्र पठाएपछि मन्त्रालयले छलफलका लागि राजदूत मनिकरलाई बोलाएको हो । छलफलमा भएको प्रगतिबारे मन्त्रालयले हालसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन ।

यसअघि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले राजदूत मनिकरसँग छलफल गरी एसभिपी कार्यक्रमलाई नेपाल सरकारका कुनै पनि निकायले अनुमोदन नगरेकाले वैदेशिक रोजगार व्यवसायीले त्यसलाई स्वीकार्न नसक्ने अडान लिएको थियो । संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ले संघको अडान यथावत् रहेको भन्दै नेपाल सरकारले विपन्न नेपाली कामदारमाथि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आर्थिक भार बढाउने कुनै पनि कार्यक्रम लागू गर्न नहुने बताए ।

साउदी दूतावासले सीप प्रमाणीकरण कार्यक्रम कामदारको हितमा रहेको भन्दै हाल लोड/अनलोड वर्कर, क्यारियर, ह्विलबारो वर्कर, कन्स्ट्रक्सन र कन्स्ट्रक्टिङ वर्क गरी पाँच वटा पेसाका लागि सीप प्रमाणीकरण गरिने जनाएको छ । त्यसका लागि प्रत्येक कामदारले ५० अमेरिकी डलर (करिब ७ हजार ५०० रुपैयाँ) तिर्नुपर्ने प्रावधान छ ।

ताजा खबर

सम्बन्धित खबर