२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

एसभिपीविरुद्ध संघले सशक्त आवाज उठाउन नसकेको एसोसिएसनको आरोप

Nada
२०८३ असार १३ गते ०६:२०
Shares
एसभिपीविरुद्ध संघले सशक्त आवाज उठाउन नसकेको एसोसिएसनको आरोप

काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले रोजगारीका लागि साउदी जाने कामदारहरूको हकहितविपरीत एसभिपी प्रणाली लागू गरिएको, तर नेपाल वैदेशिक रोजगार व्यवसायी संघले त्यसको विरोधमा सशक्त आवाज उठाउन नसकेको आरोप लगाएको छ ।

ncell

एसोसिएसनका अध्यक्ष रामप्रसाद गैरे र महासचिव सुमनराज पाण्डेद्वारा हस्ताक्षरित आरोपपत्र शुक्रबार संघमा बुझाइएको छ । सो आरोपपत्रमा आम व्यवसायीहरूको छाता संस्था संघले सम्बन्धित निकायले बुझ्न सक्ने गरी अंग्रेजी भाषा वा सोही देशले बुझ्ने भाषामा समेत प्रेस विज्ञप्ति प्रकाशित गरी सिन्डिकेटप्रति संघको स्पष्ट धारणा सार्वजनिक गर्न तथा आम व्यवसायीमाझ सर्कुलर गर्न नसकेको भन्दै त्यसलाई चिन्ताको विषय बनेको उल्लेख छ ।

पत्रमा एसभिपी खारेजीका लागि गम्भीरतापूर्वक लाग्न र कडा कदम चाल्न आग्रह गर्दै एसोसिएसनले एसभिपीको नाममा सिन्डिकेट लागू गर्न खोजिएका व्यक्तिहरूको पहिचान गरी किन नाम सार्वजनिक गर्न नसकेको तथा व्यवसायीहरूको संलग्नता भए किन स्पष्टीकरण नसोधिएको भन्ने प्रश्न समेत उठाएको छ ।

ताजा खबर

सम्बन्धित खबर