२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

सानीभेरीमा एक पुरुष मृत फेला 

Nada
प्रचण्ड खत्री
२०८३ असार १४ गते २१:१९
Shares
सानीभेरीमा एक पुरुष मृत फेला 

रुकुम पश्चिम : रुकुम पश्चिममा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । आइतबार दिउँसो जिल्लाको सानीभेरी गाउँपालिका–१ स्थित मकैबारीमा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

ncell

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदबहादुर पौडेलका अनुसार सोही वडा निवासी ५५ वर्षीय खड्कबहादुर पुनको शव फेला परेको हो । उनका अनुसार घरभन्दा करिब १५ मिटर परको मकैबारीमा पुनको शव फेला परेको हो । डीएसपी पौडेलले अत्यधिक मदिरा सेवनका कारण पुनको मृत्यु भएको जानकारी दिए ।

उक्त घटनाको सूचना लगत्तै प्रहरी चौकी पुर्तिमकाँडाबाट प्रहरी हवल्दार भूपाल सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

ताजा खबर

सम्बन्धित खबर