२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

नेपाली कामदारहरूमाथि आर्थिक भार झनै थपिँदै

Nada
२०८३ असार १५ गते ०६:१५
Shares
नेपाली कामदारहरूमाथि आर्थिक भार झनै थपिँदै

काठमाडौं : अत्यधिक भर्ना तथा कागजात  प्रशोधन शुल्कका नाममा वैदेशिक रोजगारमा जाने नेपाली  कामदारहरूमाथि आर्थिक भार थपिँदै गएको छ । नेपालमा सरकारले ‘फ्रि भिसा फ्रि टिकट’ को नाममा लोकप्रिय नीति लागू गरेपनि निरन्तर रूपमा बढेको स्वास्थ्य तथा सीप परीक्षण जस्ता लागतहरूले विपन्न अवस्थामा रहेका कामदारमाथि आर्थिक बोझ निरन्तर बढेको छ । धेरै देखिने कतिपय अदृश्य खर्चका कारण कामदारहरूलाई उच्च ब्याजदरमा ऋण लिन बाध्य पारिरहेको छ ।

ncell

नेपालमा साउदी अरेबियाको सीप परीक्षण र भिसा प्रशोधन शुल्क तथा युएई दूतावासको प्रहरी चालचलन रिपोर्ट प्रमाणीकरण शुल्क पछिल्लोपटक लागू भएको शुल्क हो । वैदेशिक रोजगार व्यवसायीहरूले दुवै मुलुकले लगाएका शुल्कको औचित्य नभएको भन्दै चौतर्फी आलोचना गरिरहेका छन् ।

देशगत रूपमा विभिन्न शीर्षकमा बढाइएका शुल्क सानो रकमको देखिए पनि वैदेशिक रोजगारमा जाने कामदारहरूले ती लागतहरू पूरा गर्न वार्षिक ३० प्रतिशतले ऋण लिनुपर्ने बाध्यता छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन जस्ता कामदार अधिकारका पक्षमा काम गरिरहेका संस्थाले ती शुल्क रोजगारदाताले भुक्तानी गर्छन् भने सिद्धान्तको वकालत गर्ने गरिरहेका छन् । तर व्यवहारमा ती शुल्क कामदार आफैंले व्यहोर्नुपरेको छ । साउदी अरेबियाको सबैभन्दा जोखिमयुक्त क्षेत्रमा काम गर्न जाने नेपाली कामदारले राहदानीमा बाहेक करिब १२ शीर्षकमा करिब ३२ हजार रुपैयाँ भिसा प्रक्रियामा  भुक्तानी गर्नुपर्ने देखिन्छ ।

साउदी अरेबियाको रोजगार प्रक्रियामा लाग्ने शुल्क

जिसिसी शुल्क : १,५८३।–
मेडिकल : ६,५००।–
भ्याक्सिन शुल्क : ३,५००।–
आवेदन शुल्क : १,५८३।–
मेडिकल सर्टिफिकेसन : १,५८३।–
बायोमेट्रिक : ७८०।–
प्रहरी प्रतिवेदन प्रमाणित : १,०००।–
अभिमुखीकरण : ७००।–
कल्याणकारी कोष : १,५००।–
बिमा : ३,७०८।– (१८–३५ वर्ष), ४,९३१ ।– (३६–५० वर्ष)
एसएसएफ : २,५९६।–
एसभिपी : ७,५३५।–
जम्मा : ३१,८६८।–

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मन्त्रालयमा साउदी अरबियाका राजदूतलाई बोलाएर भेट गरी एसभिपी शुल्क लागू नगर्न आग्रह गरेका छन् । यसअघि साउदी दूतावासले नेपाल वैदेशिक रोजगार व्यवसायी संघ प्रतिनिधिमण्डलसँगको छलफलमा सीप परीक्षण शुल्क साउदी सरकारले लागू गरेको नीति भएकाले नेपालमा लागू हुने बताएको थियो । तर मन्त्री यादवसँगको छलफलपछि साउदी दूतावासले नेपाल सरकारको चासोको बारेमा आफ्नो देशको सरकारसँग छलफलपछि उक्त विषयमा थप जानकारी उपलब्ध गराउने घुमाउरो जवाफ दिएको छ ।

वैदेशिक रोजगार व्यवसायीहरूले भने मन्त्रालयलाई लचिलो जवाफ दिएपनि साउदी राजदूतले सीप प्रमाणीकरण प्रक्रिया सुरुवात गरिसकेको बताएका छन् । गत पुसमा नेपाल र साउदीबीच भएको श्रम सम्झौतामा सीप प्रमाणीकरण कार्यक्रम लागू गर्ने विषयमा कुनै उल्लेख छैन । श्रम सम्झौतामा उल्लेख नभएको विषय कार्यान्वयन भए नेपाली कामदारमाथि आर्थिक भार थोपर्ने योजनाहरूको कार्यान्वयन स्थलमा परिणत हुने जोखिम रहेको धेरै व्यवसायीहरूको भनाइ छ ।

व्यवसायीहरूका अनुसार नेपाललाई अलमलमा पारेर साउदी सीप प्रमाणीकरण कार्यक्रम लागू भए नेपाली कामदारहरूले आर्थिक रूपमा धान्नै नसक्ने विषयहरू थपिँदै जानेछन् ।

ताजा खबर

सम्बन्धित खबर