काठमाडौं : फिफा मैत्रीपूर्ण फुटबलमा आज (मंगलबार) नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । त्रिपुरेस्वर स्थित दशरथ रंगशालामा हुने खेल साझ साढे ५ बजे सुरु हुनेछ ।
नेपाली टिमको कार्यबाहक प्रशिक्षण जिम्मा प्रदीप हुमागाइले पाएका छन् । यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुबैले बंगलादेशविरुद्ध जित निकाल्ने गरी खेल्ने बताएका छन् ।
गत ६ असारमा पंकजबिक्रम नेम्बाङ एन्फामा निर्वाचन भए यता नेपालले खेल्न लागेको पहिलो खेल हो ।
नेपाल र बंगलादेशबीच पछिलो समय २४ खेल भएको छ ।जसमा बंगलादेश १२ खेलमा विजयी भएको छ । नेपालले ७ खेल जित्दा ५ खेल बराबरीमा टुंगिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies