सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट, ११ असोज । रौतहटको फतुवा विजयपुरमा शिक्षकहरू दशैंको मुखमा तलब नपाएको भन्दै आक्रोशित बनेका छन् । सो नगरपालिकाभित्रका शिक्षकहरूले साउन महिनादेखि तलब पाएका छैनन् ।
तलब पाउने छाटकाट नपाएपछि शिक्षक संगठनका नगर उपाध्यक्ष राधेश्याम यादवको नेतृत्वमा नगरपालिकाको कार्यालयमा पुगेका उनीहरूले तलब समयमै उपलब्ध गराइ दिन नगरपालिकासँग माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत शम्भु कुमार यादव समक्ष ज्ञापनपत्र बुझाएका छन् । कार्यवाहक नगरप्रमुख अम्बेया खातुनको नाममा लेखिएको ज्ञापनपत्रमा सोमबार सम्म आफूहरूको तलबको बारेमा कुनै निर्णय नभए नगरप्रमुख र शिक्षा प्रमुखको कार्यकक्षमा ताल्चा लगाउने चेतावनीसमेत दिइएको छ । उक्त कार्यबाट हुने असुविधाको सम्पूर्ण जिम्मेवारी कार्यवाह नगर प्रमुख खातुनले लिनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
सामुदायिक विद्यालयमा कार्यरत शिक्षक,शिक्षिका, विद्यालय कर्मचारी, बाल विकास सहजकर्ता एवम् विद्यालय सहयोगीहरूलाई प्रथम चौमासिकको शिक्षकहरूले तलब पाउन नसकेका हुन् । आफूहरूले दशैं जस्तो महानपर्व बेला पनि तलब नपाएपछि मारमा परेको बताए । चार महिनादेखि तलब नपाउँदा समस्या आएको र भोको पेट पठन–पाठन गराउन मुश्किल परेको उनीहरूले बताएका छन् । आफूहरूले काम गरेको तलब नपाउँदा घरपरिवार चलाउन धौधौ परेको बताए ।
सो अवसरमा श्री मावि टेंग्राहाका प्रधानाध्यापक अनिल यादव, श्री सरस्वती प्राविका प्रधानाध्यापक सुबोध यादव लगायत सबै विद्यालय प्रधानाध्यापक, शिक्षकहरूको सहभागीता रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies