एस.पी.गौरब/मध्यान्ह
सर्लाही, ११ असोज । सर्लाहीको ईश्वरपुर नगरपालिका ४ का एक जनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । ईश्वरपुर नगरपालिका ४ का २६ वर्षीय हिमाल माझीलाई ठूलो मात्रामा लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको ना.५ ख ६५९९ नम्बरको यात्री बसलाई चन्द्रागिरी नगरपालिका २ नागढुङ्गा चेकप्वाइन्टमा चेकजाँच गर्ने क्रममा बसको डिक्कीबाट लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
ना.५ ख ६५९९ नम्बरको यात्री बसलाई नागढुङ्गा चेकप्वाइन्टमा चेकजाँच गर्ने क्रममा बसको डिक्कीबाट लागुऔषध बरामद भएको र सो अनुसन्धान गर्ने क्रममा बसका सहचालक हिमालले नै उक्त लागुऔषध डिक्कीमा लुकाएर ल्याएको काठमाडौंतर्फ ल्याएको खुलेपछि उनलाई पक्राउ गरिएको हो ।
बसबाट डाईजेपाम,फेनारगन र नुर्फिन एक÷एक हजार थान गरिकुल तीन हजार थान बरामद भएको प्रहरीले जनाएको छ । सर्लाहीदेखि चन्द्रागिरी नगरपालिका–२ स्थित रहेको नागढुङ्गा चेकप्वाइन्टसम्म सो लागुऔषध कसरी पुग्यो भन्ने विषयमा थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies