२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

वडाध्यक्षमाथि यौन शोषणको आरोप

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ भदौ २ गते २२:१७
वडाध्यक्षमाथि यौन शोषणको आरोप

रौतहट : रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ९ सोनरनियाका वडा अध्यक्षमाथि यौन शोषणको आरोप लागेको छ । विवाहको प्रलोभन दिएर विगत ५ वर्षदेखि वडाध्यक्ष श्यामकिशोर साहले यौन शोषण गर्दै आएको पीडित भनिएकी महिलाले बताएकी छन् । 

आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै जग्गा बिक्रीको सिलसिलामा गएको बेला अरुबाट मोबाइल नम्बर मागेर फोन गरेको र सम्बन्धमा बस्न तथा विवाह गर्न प्रस्ताव गरेको बताइन् । उनले वडाअध्यक्षले २ वर्षसम्म वीरगन्जमा राखेको पनि बताइन् ।

दोस्रो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका साहले विवाह गरेर आफ्नो घरमा राख्न नमानेकोले न्यायको लागि मिडियाको सहारा लिएको पीडितले बताइन् । उनले वडाअध्यक्षसँगको सम्बन्धका कारण ३ पटक गर्भपतन गरेको बताइन् । 

वीरगन्जमा राखेर घर खर्च समेत दिँदै आएका वडा अध्यक्ष साहले अहिले घरमा राख्न तथा खर्च दिन समेत छाडेको उनले बताइन् । न्यायको लागि ईलाका प्रहरी कार्यालय मौलापुरमा उजुरी दिँदा दबाबमा उजुरी नलिएको उनले बताइन् । 

उनले भनिन्, ‘मेरो लोग्नेले पनि छोडिदिए । विवाह  गरेका वडा अध्यक्ष साहले पद र पावरको  दम्भमा बेवास्ता गरे ।’

शारीरिक शोषण, मानसिक यातना, शारीरिक यातना दिने गरेको वडा अध्यक्ष साहमाथि कानूनी कारबाही गर्नुको साटो प्रहरीले राजनीतिक दबाबमा मिलापत्र गरेको महिलाले बताइन् । 

वडा अध्यक्ष साहले ७ लाखको चेक दिएपनि सो चेक कार्यपालिका सदस्य आश महमदले नै राखेको बताइन् । आफ्नो हक अधिकार र न्यायको लागि आवाज उठाउँदा ज्यान मार्ने धम्की दिने गरेको उनले सुनाइन् । वडा अध्यक्ष साहले भने राजनीतिक विषय लिएर केही विपक्षीले आफुलाई बदनाम गराउने उद्देश्यले झुटो आरोप लगाउन लागेको दाबी गरे । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise