२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

ADV
प्रचण्ड खत्री
२०८१ जेठ २८ गते १२:२५
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

रुकुम पश्चिम : रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ निपानेमा जिप दुर्घटना भएको छ । जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ । 

आइतबार राति सोलाबाङ धाउने सडकखण्ड अन्तर्गत बाँफिकोट-४ छिनखेतबाट मुसिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०४१३ नम्बरको बोलेरो जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमले बताएको छ ।

दुर्घटनामा परेर बर्दियाको ठाकुरबाबा नगरपालिका-५ का २७ वर्षीय सौगात बिक, गाडी चालक सुर्खेतको गुर्भागोट नगरपालिका ८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेतकै बराहताल गाउँपालिका-५ बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखत बहादुर शाहीले बताए । दुर्घटनाको सूचनालगत्तै घटनास्थलबाट उद्धार गरेर जिल्ला अस्पताल सल्ले ल्याइएका उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा परेर थप तीन जना घाइते भएका छन् । घाइते हुनेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ४ छिनखेतका १७ वर्षीय सुजन विक, बर्दियाको ठाकुरबाबा नगरपालिका-५ का २६ वर्षीय दिलीप थापा र सोही स्थानका २७ वर्षीय आर.एन. भनिने टीकाराम खनाल रहेका छन् ।

तीनै जना घाइतेललाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । घाइतेमध्ये दिलीप र टिकारामको अवस्था गम्भीर रहेको बताइएको छ ।  

दुर्घटनामा परेको जिप इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्ड लिंक कम्युनिकेसनको रहेको छ । जिप सडकबाट करिब दुई सय मिटरभन्दा तल खसेको प्रहरीको भनाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise