२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

भिरबाट लडेर गम्भीर घाइते भएका बुढाको उपचारका लागि सहयोगको याचना

ADV
प्रचण्ड खत्री
२०८१ भदौ ८ गते १५:४९
भिरबाट लडेर गम्भीर घाइते भएका बुढाको उपचारका लागि सहयोगको याचना

रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ स्थित पिर्य पाखा निवासी राम बहादुर बुढा गत साउन ३१ गते भिरबाट लडेर गम्भीर घाइते भएपछि नेपालगञ्जस्थित नर्सिङ होमको आईसीयूमा उपचाररत छन् । आर्थिक अवस्था कमजोर भएपछि रामबहादुरकी श्रीमती पुष्पा बुढाले आफ्नो श्रीमानको उपचारका लागि आर्थिक सहयोग गर्न आग्रह गरेकी छन् ।

रामबहादुर अहिलेसम्म बेहोस अवस्थामा रहेका छन् । घरको आर्थिक अवस्था न्यून भएको हुँदा उपचार गराउन समस्या भएकाले सहयोग गर्न पुष्पाले सबैमा अनुरोध गरेकी छन् ।

परिवारका अनुसार रामबहादुरको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ भने एउटा हात र खुट्टा पनि भाँचिएको छ । उनको उपचारमा करिब १० देखि १२ लाखसम्म लाग्ने भएको हुँदा परिवारले सबैसँग सहयोग को याचना गरेको हो ।

रामबहादुरलाई सहयोग गर्नका लागि उनकी श्रीमती पुष्पा बुढाको प्रभु बैंकमा रहेको खाता नम्बर २९६०२५४३६५२०००११ मा सहयोग रकम जम्मा गर्न सकिने परिवारले जनाएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise