२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

रौतहटमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ भदौ १० गते १७:२७
रौतहटमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकामा टाटा सुमो र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार सुनसरी धरान उपमाहानगरपालिका-१५ का तुलसी ओझा र मोरङको सुन्दरहरैचा नगरपालिका-११ बस्‍ने विवश बास्कोटा रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक राजकुमार राईले बताए । उनीहरूको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए ।

उनका अनुसार चन्द्रपुर नगरपालिका वडा नं. ४ स्थित पूर्वपश्चीम राजमार्गको धन्सर पुल नजिकै पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको टाटा सुमो र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो ।

दुर्घटनापश्चात प्रहरीले टाटासुमो नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise