२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

बझाङमा घरभित्र निदाइरहेका युवा पहिरोसँगै सेती नदीमा झरे, स्थानीयले गरे उद्धार

ADV
सत्यराज सिंह
२०८१ भदौ १३ गते ०७:३७
बझाङमा घरभित्र निदाइरहेका युवा पहिरोसँगै सेती नदीमा झरे, स्थानीयले गरे उद्धार

बझाङ : बझाङको छबिसपाथिभेरा गाउँपालिका– १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् । छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ परिङ्गालमा रहेको झोलुङ्गे पुलस्थित पश्चिमतिर बस्दै आएका ३६ वर्षीय करन गिरी पहिरोले बगाउँदा घरसहित सेती नदीमा खसेका हुन् ।

सेती नदीमा खसेका गिरीलाई स्थानीय दिपेन्द्र खड्का, अर्जुन गिरी र सुरक्षाकर्मीले घाइते अवस्थामा उद्धार गरेका थिए ।

करनको शरीरभरी चोट लागेको उनका दाइ लक्ष्मिराज गिरीले जानकारी दिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको पनि लक्ष्मिराज गिरीले बताए । घटनाबारे थप विवरण आउन बाँकी छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise