२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

जिल्लास्तरीय भैरव समिति गठन

ADV
सुर्य प्रसाद भुसाल
२०८१ भदौ १४ गते १९:०७
जिल्लास्तरीय भैरव समिति गठन

अर्घाखाँची : अर्घाखाँची जिल्लामा पहिलो पटक जिल्लास्तरीय भैरव समाज अर्घाखाँची गठन गरिएको छ । जिल्लामा रहेका नुवाकोट, लात्तेबाज, पटुवाथुम र झेडी भैरव समाजको भेलाले धनप्रसाद श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय जिल्लास्तरीय भैरम समाज अर्घाखाँची गठन गरेको भैरम समाजका अगुवा राजकुमार श्रेष्ठले जानकारी दिए ।

समाजको उपाअध्यक्ष  मुधु कुमार श्रेष्ठ, सचिवमा सुवास श्रेष्ठ, कोषाध्यक्षमा ठाकुर श्रेष्ठ, सदस्यमा पदम श्रेष्ठ, पशुपति श्रेष्ठ, हरि श्रेष्ठ, प्रदिप श्रेष्ठ, दिपक कुमार श्रेष्ठ रहेको समाजले जनाएको छ ।

भेलाले देवराज श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार संरक्षक समिति पनि गठन गरेको छ । जसको सदस्यमा दिपक श्रेष्ठ, पुनाराम कोष श्रेष्ठ, छन्दलाल श्रेष्ठ, राजकुमार श्रेष्ठ रहेका छन् ।

भेलाले  लात्तेबाज भैरव समाज भूमिकास्थान नगरपालिका वडा न ८ लात्तेबाजको भैरव नाच प्रदर्शन भदौ २२ गते बिहान ९ बजे लात्तेबाज भैरव मन्दिरमा विधिवतरुपमा पूजा गरी सोही दिन राति ८ बजे भैरव नाच प्रदर्शन गर्ने निर्णय गरेको समाजका सल्लाहकार राजकुमार श्रेष्ठले मध्यान्हलाई जानकारी दिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise