२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

कपाली कागज गराइ सम्पत्ति हडपेको आरोप

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ भदौ १६ गते २२:२९
कपाली कागज गराइ सम्पत्ति हडपेको आरोप

रौतहट : रौतहटमा कपाली कागज गराइ सम्पत्ति हडपेको घटना बाहिरिएको छ । परोहा नगरपालिका वडा नं ८ नरकटियाका शेख जबार र उनका काका महरुम मकशुदको केही जग्गा जमिनमा घरायसी विवाद उत्पन्न हुँदा विवाद मिल्न नसकेपछि त्यो शेख जबार हाजी शेख कदिर समक्ष पुगेको थियो । मंसरी टोल निवासी शेख जबारका आफ्ना मामाको छोरा हाजी शेख कदिरलाई विवाद मिलाउन बोलाएका थिए ।

जग्गा जमिन विवाद मिलाउन पञ्चायती बस्यो,त्यसमा विवाद मिलाउन पक्ष र विपक्षलाई २० लाखको कपाली तमुसुख गराइ हाजी शेख कदीरको जिम्मा लगाइएको थियोे ।

विवाद मिलाउन तमसुक त गराइयो तर विवाद यथावत् रफ्यो । केही महिना पछाडि त्यो कपाली कागज शेख कदिरसँग माग्दा ‘मैले कागज राखेको छैन’ भन्दै विवाद निकाले । त्यसपछि पनि केही समयपछि कपाली कागज माग्दा महरूम मकसूदकी श्रीमती हसीनाको कागज दिए वापत ३÷४ कठ्ठा जमीन आफ्नो नाममा गराए । अनि शेख जबारलाई कपाली कागज बापत २÷३ कठ्ठा जमिन माग्दा दिएनन् ।

जिल्ला प्रशासन कार्यालय गौरमा अवैध लेनदेन सम्बन्धि उजुरी पनि परेको छ । उक्त उजुरी १३७४ मा दर्ता भएको छ । 

करिब १० पटक भन्दा बढी उपस्थिति पत्र प्रहरी चौकी रामपुर खापमा आएको छ, तर विभिन्न बहाना बनाइ भारततिर भागेको आरोप छ । अहिले घरमा हुँदाहुँदै प्रहरीले वास्ता गरेको छैनन् । 

हाजी शेख कदिरले जमिन नदिएको रिसमा त्यो कपालीलाई जिल्ला अदालतमा मुद्दा हाले । हाजी कदिरलाई कागजको विषयमा बुझ्दा पैसा नलिएको कागज मात्र गराएको मोबाइल रेकर्डको प्रमाण रहेको बताएका छन् । 

इशनाथ नपाको भुपू मेयर सन्तोष मेहतालाई भनेको, रामचन्द्र गिरीलाई भनेको रेकर्डमा छ भनिएको छ । 

सबै प्रमाण हुँदाहुँदै पनि निर्दोष, गरिबमाथि अन्याय भइरहेको स्थानीयले बताएका छन् । उक्त विषयमा दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरिएको छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise