२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

मध्यान्हकर्मी यादवलाई लुटपाट गर्न खोज्ने २ जना पक्राउ

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ भदौ २० गते २१:५२
मध्यान्हकर्मी यादवलाई लुटपाट गर्न खोज्ने २ जना पक्राउ

रौतहट : मध्यान्हकर्मी ओम प्रकाश यादव सवार मोटरसाइकल रोकेर लुटपाट गर्न खोज्ने दुई जना पक्राउ परेका छन् ।

रौतहटको गरुडा कटहरिया कलैया सडकखण्ड अन्तर्गत राति अत्यधिक मदिरा सेवन गरी यात्रु थर्काउने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

यादवको मौखिक गुनासो तथा जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख प्रहरी नायव निरीक्षक शिवशंकर शर्माको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २८ वर्षीय प्रभु सरभङ र २० वर्षीय  सुनिल महरा चमार रहेका छन् । उनीहरुलाई बुधबार राति पक्राउ गरी ईलाका प्रहरी कार्यालय गरुडा पठाइएको छ ।

सरभङ र चमारसँगै ५,६ जना युवाहरुको समुहले लालबकैया नदीको पुल छेउमा राति माछा मार्ने र उक्त बाटो भएर आउने जाने यात्रुको मोटरसाइकल रोकेर विभिन्न बहानामा थर्काउने र लुटपाट गर्ने गरेको पत्रकार यादवले बताए । 

हाल दुवैजना इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको तथा मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

उनीहरूको गिरोहमा अरु कोको छन् त्यसबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

पक्राउ परेका सरभङ कटहरिया नगरपालिका ५ का वडा सदस्यका छोरा हुन् ।  उनीहरुलाई छुटाउन केही जनप्रतिनिधि तथा केही राजनीतिक दलका नेताहरुले चलखेल गरिरहेको स्रोतले जनाएको छ । तर प्रहरीले भने कुनै हालतमा उनीहरुलाई नछोड्ने अडान लिएको छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise