२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

खोलामा डुबेर दुई बालकको मृत्यु

shivam cement
ध्रुव अधिकारी
२०८१ भदौ २३ गते २०:४३
Shares
खोलामा डुबेर दुई बालकको मृत्यु

वीरगञ्ज : पर्साको मसिहानीस्थित सिर्सिया खोलामा डुबेर आइतबार दुई बालकको मृत्यु भएको छ ।

पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ मसिहानीस्थित सिर्सिया खोलामा ऋषिपञ्चमीको अवसरमा स्थानीय रन्जिता देवी पटेल र गान्धी देवी ठाकुरको साथमा गएका रन्जिताको ८ वर्षीय छोरा अभिषेक पटेल र गान्धीको १० वर्षीय छोरा गुल्सन ठाकुरको खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आमासँगै नुहाउने क्रममा बच्चाहरु खोलामा डुबेपछि आमा लगायत खोलामा नुहाउन गएका अन्य महिला तथा स्थानीय बासिन्दाले हो–हल्ला गरेका थिए । 

स्थानीयले खोलामा डुबेर मृत्यु भएका दुबै बालकहरुको शव दिउँसो खोलाबाट निकालेका इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए । मृतक दुबै बालकको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ । 

भारतको बिहार बन्कटवा घर भएकी रन्जिताले छोरा अभिषेकलाई लिएर तिज मनाउन माइत आएकी थिइन् भने भारत विहार सिक्टा घर भएकी गान्धी देवी पनि छोरा गुल्सनलाई लिएर तिजका लागि माइत आएकी थिइन् । 

सम्बन्धित खबर