-कवि मधुकर खड्का सुलिकोटे, काठमाडौं
मान्छेको जीवन बोकेर दौडिरहने
एम्बुलेन्स जस्तै भएकोछु
थाहा छैन कहाँ गएर टुङ्गिन्छ जीवन
गामको अठ्यारा छिचोलेर
शहर हान्निएको छ एम्बुलेन्स
म पनि त्यसै गरि शहर हान्निएको छु
उसले दिनहु देखिरहेको छ
छटपटाउदै गरेका मान्छेका जीजीबिषाहरु
म पनि त्यसै गरि बाँचिरहेको छु ।
उसले प्रत्येक दिन देखिरहेको छ निराश आफन्तहरू
उनिहरुका बिदीर्ण अनुहार
कलेटी परेका ओठ
थोरै मात्रै आशा
उस्तै त छ्न मेरा आफन्तहरू पनि
फरक यत्ति छ
उ खतराको साइइरन बजाएर दौडिएको छ हतार हतार
म खतराकै जीवन बोकेर हिँडिरहेको छु सुस्त सुस्त
उसले समय नापेको छ
मैले जीवनको गति
आखिर टुङ्गिनु छ एक दिन
जसै उ
तर थाहा छैन कहाँ गएर टिङ्गिन्छ जीवन ।