२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

अर्घाखाँचीमा जिप दुर्घटना, एक जनाको मृत्यु, सात घाइते

ADV
मध्यान्ह
२०८१ भदौ २६ गते १२:५०
अर्घाखाँचीमा जिप दुर्घटना, एक जनाको मृत्यु, सात घाइते

अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १२ हिलेखोलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । दुर्घटनामा परी अन्दाजी ६०/६५ वर्षीय नाम नखुलेका एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी प्रमुख प्रतीत सिंह राठौरले जानकारी दिए ।

शितगंगा नगरपालिका- १२ मा पर्ने हिलेखोलास्थित सन्धिखर्क गोरुसिंगे सडकखण्डमा बुधबार बिहान ११ बजे लु १ ज ४७६३ नम्बरको डबल क्याप जिप दुर्घटना भएको डीएसपी राठौरले जानकारी दिए ।

‘जिप दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्, घाइते सबैलाई उद्धार गरी प्राथमिक उपचारका लागि स्वास्थ्य चौकी ठाडामा  लगिएकोमा ४ जनालाई बुटवल रिफर गरिएको छ,' शितगंगा नगरपालिकाका नगर प्रमुख छबिलाल पौडेलले भने ।

अर्घाखाँचीको छत्रदेवबाट बुटवलतर्फ जाँदै  गरेको जिप आफैं अनियन्त्रित भइ सडकबाट अन्दाजी ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्खाखाँचीका  प्रहरी निरीक्षक विपिन कार्कीले जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise