२०८२ भदौ ३१ गते मङ्गलवार / Sep 16 , 2025 , Tuesday
२०८२ भदौ ३१ गते मङ्गलवार
Ads

विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा कलाकार इकुसहित विभिन्न व्यक्ति पक्राउ

shivam cement
२०८१ भदौ २७ गते ०६:४०
विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा कलाकार इकुसहित विभिन्न व्यक्ति पक्राउ

काठमाडौं : प्रहरीले वैदेशिक रोजगारीका लागि यूएई, कुवेत, क्रोएसिया र क्यानडालगायतका देश  पठाइदिन्छु भन्दै ठगी गरेको उजुरीका आधारमा कलाकार सुलेमान शंकर (इकु) सहित विभिन्न व्यक्तिलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार दुई जनालाई वैदेशिक रोजगारमा पठाइदिने भन्दै ८ लाख ४० हजार लिएर ठगी गरेको आरोपमा सुशान्त सिंह, तीन जनाबाट ७ लाख २० हजार  लिएको आरोपमा सलाउद्दीन बेग र ८ लाख २५ हजार लिएर फरार भएको आरोपमा राजु दाहाललाई पक्राउ गरिएको छ । सिरहाका सिंहलाई कोटेश्वर, कपिलवस्तुका बेगलाई सिनामंगल र तेह्रथुमका दाहाललाई हात्तीगौंडाबाट पक्राउ गरिएको हो ।

उता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले कलाकार भिसामा विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगी गरेको अभियोगमा कलाकार सुलेमान शंकर (इकु) भनिने सूर्यमान शंकरलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ परेका सूर्यमानले सांस्कृतिक कार्यक्रममा कलाकार भिसामा विभिन्न व्यक्तिलाई क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भन्दै लाखौं रकम ठगी गरेको अभियोगका आधारमा पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

बोगटीले पक्राउ परेका सूर्यमानले नक्कली कागजात बनाउने, कलाकार भिसामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भन्दै लाखौं रकम ठगी गरेको अभियोगमा पक्राउ गरिएको बताए । 

सूर्यमानले विदेश लैजाने भन्दै एक जनाबाट कम्तीमा पनि १५ देखि २० लाखसम्म उठाउने गरेको जानकारी आएकाले उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता एवम् प्रहरी उपरीक्षक बोगटीले बताए ।

पक्राउ परेका कलाकार सूर्यमानलाई बुधबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइ सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise