२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सुत्केरीलाई स्वास्थ्य चौकीमै खानाको व्यवस्था

ADV
प्रचण्ड खत्री
२०८१ भदौ २७ गते १६:४२
सुत्केरीलाई स्वास्थ्य चौकीमै खानाको व्यवस्था

रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ मा रहेको पिपल स्वास्थ्य चौकीमा‌ सुत्केरी हुने आमाहरुका लागि स्वास्थ्य चौकीमै खानाको व्यवस्था गरिएको छ । त्यसका लागि वडा कार्यालयले वडाको समपूरक कोषबाट १० हजार रुपैयाँ विनियोजन गरेको वडा अध्यक्ष प्रकाश खत्रीले बताए । 

घरबाट खाना ल्याउनुपर्ने झनझटलाई अन्त्य गर्ने उद्देशले यो कार्य लागू गरिएको वडा अध्यक्ष खत्रीको भनाइ छ । साविकको पिपल गाविसबाट यस स्वास्थ्य चौकीमा महिलाहरु सुत्केरी हुन आउने गर्छन् ।

आमा र बच्चाको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य संस्थामा सुत्केरी हुने आमाहरुलाई स्वास्थ्य संस्थामै अनिवार्य २४ घण्टा बस्नुपर्ने स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गरिने वडा अध्यक्ष खत्रीको भनाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise