२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सल्यानमा सरकारी जिप दुर्घटना, ५ जना घाइते

ADV
मध्यान्ह
२०८१ भदौ २७ गते १७:२५
सल्यानमा सरकारी जिप दुर्घटना, ५ जना घाइते

सुर्खेत : सल्यानमा सरकारी गाडी दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । बिहीबार सल्यानको शारदा नगरपालिका–२ को मेसेपानीमा सरकारी बालेरो जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

श्रीनगरदेखि खंलगा जाँदै गरेको कर्णाली प्रदेश ०२००१ झ ००३५ नम्बरको गाडी दुर्घटनामा परेर ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक केशर कुमार न्यौपानेले जानकारी दिए ।

‘जिप दुर्घटना भएको छ भनेर पुर्वाधार कार्यालयका एकजना इन्जिनियर ज्युँले हामीलाई फोन गरेर खबर गर्नुभयो,’ उनले मध्यान्हसँग भने, ‘गाडी सरकारी कार्यालयको हो, तर कुन कार्यालयको हो केही खुलेको छैन् ।’

उनकाअनुसार घाइतेमध्ये २ जनाको अवस्था सामान्य र ३ जनाको अवस्था मध्यम रहेको छ । जिप सडकदेखि ५० मिटर तल खसेको बताइएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise