२०८१ चैत २१ गते बिहिवार / Apr 03 , 2025 , Thursday
२०८१ चैत २१ गते बिहिवार
Ads

जयपृथ्वी बहुमुखी क्याम्पसको नयाँ भवन शिलान्यास

draupadi film
सत्यराज सिंह
२०८१ जेठ ३१ गते ११:४२
जयपृथ्वी बहुमुखी क्याम्पसको नयाँ भवन शिलान्यास

बझाङ : बझाङको जयपृथ्वी नगरपालिका–११ भोपुरमा रहेको जयपृथ्वी बहुमुखी क्याम्पसको नयाँ भवनको शिलान्यास गरिएको छ । बुधबार सुदूरपश्चिम विश्वविद्यालयको आर्थिक सहयोगमा १ करोड ९९ लाख ३ हजार २८ रुपैयाँ लागतमा बन्ने क्याम्पस भवनको शिलान्यास गरिएको हो ।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्तको उपस्थितिमा विश्वविध्यालयका रजिस्ट्रार यज्ञराज पाठकले क्याम्पसको जमिनमा भवनको शिलान्यास गरेका हुन् । सो अवसरमा विश्वविद्यालयका उपकुलपति पन्तले विद्यार्थीको शैक्षिक गुणस्तर कायम गर्नका लागि सुविधा सम्पन्न भवनले ठूलो महत्व राख्ने भन्दै लक्ष्यअनुरुप समयमै निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

क्याम्पसको भौतिक संरचनासँगै शिक्षाको गुणस्तर वृद्धिका लागि क्याम्पसले विद्यार्थीलाई आकर्षित गराउने खालको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले शैक्षिक गुणस्तर वृद्धिसँगै आकर्षक वातावरण निर्माणका लागि प्राध्यापक, अभिभावक र समाजसेवीलगायत सम्बन्धित सबै पक्षले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।

भवन निर्माणका लागि आवश्यक सबै प्रक्रिया पूरा गरी निर्माण कम्पनीमार्फत निर्माण कार्य शुरु गराइएको र समयमा नै भवन निर्माण सम्पन्न हुने क्याम्पस प्रमुख दिर्घराज पण्डितले बताए । केही समयअघि गएको भूकम्पका कारण क्याम्पसको भौतिक संरचनाहरुमा क्षेति पुगेपछि क्याम्पसको पठनपाठनमा समेत समस्या हुँदै आएको छ ।

शिलान्यास कार्यक्रममा क्याम्पसका संस्थापक सदस्य विष्णुभक्त जोशी (शास्त्री), बाजुरा बहुमुखी क्याम्पस मार्तडीका पूर्वक्याम्पस प्रमुख सुरेश प्रसाद पण्डित, सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयका अधिकृत नवीन कुमार बम, जयपृथ्वी बहुमुखी क्याम्पसका प्राध्यापक तथा कर्मचारी, स्वतन्त्र विध्यार्थी युनियनका पदाधिकारी, विद्यार्थी, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो । भवन निर्माणको जिम्मा राताढुंङ्गा, खप्तड र नुरा जे.भीले पाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise