२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

लागुऔषधसहित २ जना पक्राउ

Nada
प्रचण्ड खत्री
२०८१ असोज २० गते २०:५१
Shares
लागुऔषधसहित २ जना पक्राउ

रुकुम पश्चिम : रुकुम पश्चिमको मुसिकोट नगरपालिका –५ सेरीगाउँबाट अवैध लागुऔषध अफिमसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले आठ किलो एक सय ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको हो । 

ncell

पक्राउ पर्नेमा मुसिकोट नगरपालिका –९ घर भइ हाल वडा नम्वर ५ सेरीगाउँ बस्ने ३६ वर्षीय भिमबहादुर ओली र आठबिसकोट नगरपालिका –२ स्याला बस्ने ३५ वर्षीय अजय यरी रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखत बहादुर शाहीले अवैध अफिमको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति अफिमसहित दुई जनालाई नियन्त्रणमा लिएको बताए । उनका अनुसार अफिम कारोबारमा संलग्न ओली र यरीबाट आठ किलो एक सय ग्राम अफिम र तीन वटा मोबाइल समेत बरामद गरिएको छ । 

सेरीगाउँबाट ज्यामडाँडातर्फ जाने पक्की सडकको छेउमा पहेलो रंगको प्लाष्टिकको बोरा यरीले दिँदै गरेको र ओलीले लिँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेकाहरुविरुद्ध अवैध लागुऔषध मुद्दा दर्ता गरी रुकुम जिल्ला अदालतबाट जरुरी पक्राउ पूर्जी स्वीकृत गराइ घटनाको थप अनुसन्धान शुरु गरिएको बताए ।

ताजा खबर

सम्बन्धित खबर