२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

कतारमा रहेका नेपालीले मनाए भव्यरुपमा दशैं

ADV
तिलु शर्मा पौडेल
२०८१ असोज २८ गते १६:१४
कतारमा रहेका नेपालीले मनाए भव्यरुपमा दशैं

कतारः कतारमा रहेका नेपालीहरुले विजयादशमी भव्यरुपमा मनाएका छन् । कतारका विभिन्न स्थानमा बसोबास गर्ने नेपालीले आफ्नै निवासमा र सङ्गठितरुपमा दशैं मनाएका हुन् । कतारको सनैया, होमसाईड, रस्लाफान लगायताका क्याम्प भित्र रहेका नेपाली श्रमिकहरुले समेत आफ्नो कम्पनीको कम्पाउन्ड तथा आफ्नै निवासमा दशैं मनाएका छन् ।  

कतारमा स्थापित कर्णाली प्रदेश र लुम्बिनी प्रदेश समन्वय परिषद्ले आफू मातहतका जिल्लाहरू समेटेर संयुक्तरुपमा एक कार्यक्रमको आयोजना गर्दै दशैं मनाएको हो । कतारमा स्थापित थुप्रै जिल्ला संस्थाहरुले पनि टिका जमरा ग्रहण कार्यक्रमको आयोजना गरेका थिए । जसमा म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना), पर्वत समाज र बागलुङ सेवा समाज कतारले अलग–अलग कार्यक्रमको आयोजना गर्दै दशैं मनाए । कतार एयरवेजमा कार्यरत नेपालीहरु मिलेर स्थापना गरेको सद्भाव युवा समाजले पनि दशैं भव्यरुपमा मनायो भने ठकुरी सहयोग सञ्जालले समेत दशैंको टिका जमरा ग्रहण कार्यक्रम सम्पन्न गर्‍यो ।

यस्तै, ताप्लेजुङ पाथीभरा सेवा समाज, पाँचथर सेवा समाज र इलाम सेवा समाज कतारले संयुक्तरुपमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी दशैं मनाएको हो । कतारमा रहेका थुप्रै संघसंस्था, नेपाली व्यवसायी, एनआरएनए अभियन्ता, सामाजिक तथा वौद्धिक व्यक्तित्वसहित पत्रकारहरुले समेत सामूहिक, पारिवारिक र संस्थागतरुपमा टिका जमरा ग्रहण गरी दशैं भव्यरुपमा मनाएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise