२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

रौतहटमा लागुऔषधसहित एक जना पक्राउ

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८१ असोज २८ गते २०:४४
Shares
रौतहटमा लागुऔषधसहित एक जना पक्राउ

रौतहटः रौतहटमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष २६ को मनोज राइ रहेका छन् । शुक्रबार अस्थायी प्रहरी पोष्ट बसपार्क रौतहट गौरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनलाइ पक्राउ गरेको हो । 

जिल्लाको सदरमुकाम गौर नगरपालिका वडा नम्बर–८ बसपार्कस्थित रहेको सार्वजनिक सडक खण्डमा शंकास्पद अवस्थामा हिडडुल गरी रहेका राईलाई चेकजाँच गर्दा उनले लगाएको खैरो रङ्गको कटन जिन्स पाइन्ट भित्र दाँया तिघ्रा, बाँया तिघ्रा र बाँया पिडौलामा प्लास्टिक टेपले बेरी लुकाई छिपाई गरी राखेको लागुऔषध बरामद भएको हो । 

उनको साथबाट बरामद भएको डाईजेपाम ३० एम्पुल, प्रोमेथाजाईन ३० एम्पुल र बुप्रोनाईफाइन ३० एम्पुल जम्मा ९० रहेको छ । पक्राउ परेका राईलाई लागुऔषध मुद्दामा अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सम्बन्धित खबर