२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

सद्‍भाव युवा समाज कतारले गर्‍यो पर्वतकी क्यान्सर पीडित गंगालाई आर्थिक सहयोग

ADV
तिलु शर्मा पौडेल
२०८१ कार्तिक २० गते ०७:४०
सद्‍भाव युवा समाज कतारले गर्‍यो पर्वतकी क्यान्सर पीडित गंगालाई आर्थिक सहयोग

दोहा, कतार : पाठेघरको क्यान्सर रोगबाट ग्रसित पर्वतको जलजला गाउँपालिका ७ धाइरीङकी ५५ वर्षीया गंगा दमाईको उपचारका लागि कतारबाट आर्थिक सहयोग प्राप्त भएको छ ।  कतारमा रहेर कतार एयरवेजमा कार्यरत नेपालीहरूको अग्रसरतामा स्थापित श्री सद्‍भाव युवा समाज कतारले रु १७ हजार ५ सय ४० रुपैयाँ आर्थिक सहयोग गरेको हो । 

समाजमा विभिन्न व्यक्तित्वहरूमार्फत विभिन्न प्रकृतिका सहयोगका याचना हुने र ती सहयोगउपर पूर्ण कार्यसमितिको बैठकले निर्णय गर्दै सहयोग गर्ने गरिएको समाजका अध्यक्ष विजय गुरुङले बताए । उनले मानवीय सेवाका लागी सहयोग गर्न पाउँदा सद्‍भाव समूहले गर्व गर्ने बताउँदै सहयोगको वातावरण तयार पारिदिएकोमा मध्यान्हकर्मीलाई धन्यवाद दिँदै बिरामीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरे । 

हाल बिपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराइरहेकी दमाईको उपचारमा ठूलो रकम लाग्ने र आर्थिक अवस्था कमजोर भएका कारण परिवारले सहयोगको अपिल गरेको थियो । बिरामीलाई सहयोग गर्न चाहनेले बिरामीको छोरी अनिता दर्जीको एनएमबि बैंकको खाता नम्बर १२१०२००९४१७००१२ वा राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर ३५००१००००००४१२०३ मा सहयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

तेस्रो पटकको केमो चढाइसकिएको र स्वास्थ्यमा क्रमिकरूपमा सुधार हुँदै गएको बिरामीकी छोरी अनिताले जानकारी दिइन् । पोखराको निजी बोर्डिङमा पढाएर परिवारको जोहो गर्दे आएकी अनिताले आफ्नो आमाको उपचारमा थप सघाउन आग्रह गरेकी छिन् ।

ADVADV

सम्बन्धित खबर

Advertise