२०८१ चैत २१ गते बिहिवार / Apr 03 , 2025 , Thursday
२०८१ चैत २१ गते बिहिवार
Ads

देउसी भैलोबाट १ लाख २७ हजार रुपैयाँ संकलन

draupadi film
प्रचण्ड खत्री
२०८१ कार्तिक २१ गते १३:१५
देउसी भैलोबाट १ लाख २७ हजार रुपैयाँ संकलन

रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ४ छिनखेतमा  रहेको चन्द्र ज्योति आधारभूत विद्यालयले विद्यार्थी, शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितिको संयुक्त टिमले तिहारको अवसरमा देउसी भैलो खेलेको छ । 

देउसी भैलोबाट १ लाख २७ हजार २ सय रुपैयाँ संकलन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रजंग मल्लले बताए । देउसी भैलो २ दिन खेलिएको थियो । 

विद्यालयको गुणस्तरीय शिक्षा र भौतिक पूर्वाधार व्यवस्थापनमा थप टेवा पुग्ने उद्देश्यले देउसी भैलो खेलिएको विद्यालयले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise