२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

खिल्जी दुर्घटना : चालक र  सवारीधनी नियन्त्रणमा

ADV
सुर्य प्रसाद भुसाल
२०८१ कार्तिक २२ गते २०:५३
खिल्जी दुर्घटना : चालक र  सवारीधनी नियन्त्रणमा

सन्धिखर्क : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा लापरबाही गरी २ जनाको मृत्यु र ३५ जना घाइते हुनेगरी भएको दुर्घटनामा फरार रहेका बस चालक र सवारी धनीलाई प्रहरीले पक्राउ गरेको छ ।  

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको  प्रहरी टोलीले प्यूठानको मल्लरानी गाउँपालिका वडा नम्बर ३ बस्ने वर्ष ४१ का गाडी मालिक बिष्णु प्रसाद पौडेललाई पहिलो दिन र प्यूठानको मल्लरानी गाउँपालिका वडा नम्बर ४ कसेरी निवासी गाडी चालक वर्ष ३० को केशव खड्कालाई भूमिकास्थान  नगरपालिका वडा नम्बर १, राजुमेबाट  अर्को दिन पक्राउ गरी घटनाका बारेमा अनुसन्धान शुरु गरेको जिल्ला  प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए ।

सोमबार साँझ वडा नम्बर ५ असुरकोट र ६ खिल्जीको सिमाना उदयठाँटी भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको थियो । घटनामा ३५ जना घाइते भएकोमा अहिले २ जनाको काठमाडौं र ८ जनाको बुटवलमा उपचार भइरहेको छ भने बाँकी बिरामी अर्घाखाँची अस्पतालबाट डिस्चार्ज भएका छन् । सो  घटनाको अहिले  प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता बिष्णु प्रसाद पौडेलले बताए ।

भूमिकास्थान नगरपालिका वडा नम्बर ५ र ६ को सिमाना जयठाँटीमा स्थानीय भैलो कार्यक्रममा  नाँचिरहेको स्थानमा  प्यूठानबाट आएको ना.३.ख २४७१ नम्बरको बसको ब्रेक फेल भएपछि सयौं दर्शकले हेरिरहेको भैलोमा बस अनियन्त्रित भइ  दुर्घटना भएको थियो । 

भैलो खेलिरहेको स्थानमा भैलो लिएर गएको बसको ब्रेक फेल भएपछि बसले मानिसलाई ठक्कर दिँदै अगाडि बढेपछि दुर्घटना भएकोले दुर्घटना हुनु शंकास्पद देखिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी मल्लले बताए । 

बसको एक्कासी ब्रेक फेल भइ बाटोमा भैलो खेलिरहेका समूहमाथि बसले ठक्कर दिनुको मुख्य कारण बस चालकको लापरबाही भएको घाइते तथा  पीडित परिवारले आरोप लगाउँदै आएका छन् ।

दुर्घटनामा भूमिकास्थान नगरपालिका १ ढाकाबाँगकी ७० वर्षीया रुनी खनालको घटनास्थलमै  तथा भूमिकास्थान ६ खिल्जिकी १८ वर्षीया भूमिकास्थान नगरपालिकामा कार्यरत कर्मचारी १९ वर्षीया तारा श्रेष्ठको अर्घाखाँची अस्पतालमा मृत्यु भएको  थियो ।

मृतकका परिवार जनप्रतिनिधि प्रहरी प्रशासन यातायात व्यवसायीहरुबीच पीडितलाई क्षतिपूर्ति दिने घाइतेहरुको उपचार खर्च दिने सहमति भएपछि मृतकका आफन्तले शव बुझेर अन्तिम दाहसंस्कार समेत गरेका छन् ।

जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले चालक र सवारी धनीलाई शुक्रबार अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने र दोषीलाई हदैसम्मको कारबाही गर्ने गरी प्रकिया अगाडि बढाएको अनुसन्धान अधिकृत बिष्णु प्रसाद पौडेलले मध्यान्हलाई जानकारी दिए । 

ADVADV

सम्बन्धित खबर

Advertise