२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

किरिया बस्दा पनि सेवाग्राहीको काम गर्दै जोशी

ADV
सत्यराज सिंह
२०८१ कार्तिक २५ गते २१:३१
किरिया बस्दा पनि सेवाग्राहीको काम गर्दै जोशी

बझाङ : बझाङको जयपृथ्वी नगरपालिका–९ सिमखेतका नारायण जोशी जिल्ला स्वास्थ्य कार्यालय बझाङका ल्याव टेक्निसियन निरीक्षक र ¥यापिड रेस्पोनस टिमका संयोजक हुन् । जोशीलाई अहिले पितृ शोक परेको छ ।

तर जोशीले नागरिकको सेवा प्रवाहमा असर नपरोस् भनेर किरिया बस्दै नियमित काममा खटिरहेका छन् । यहीँ कात्तिक २३ गते जोशीका बुबाको निधन भएपछि २४ गते हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको थियो । जोशी २४ गतेदेखि किरिया स्थलबाटै नियमित कार्यालयको काम गरिरहेका छन् ।

उनले भने,‘¥यापिड रेस्पोनस लगायतका महत्वपूर्ण कामहरू ओझेलमा नपरोस् भन्ने छ । त्यसैले काम गरिरहेको छु ।’ लामो समयदेखि सुगरका बिरामी जोशीका बुबा धर्मराज जोशीको ६५ वर्षको उमेरमा घरमै मृत्यु भएको थियो । कार्यालयका दैनिक कामकाजमा कुनै पनि समस्या सृजना नहोस् भनेर दिनरात अहोरात्र खटेर काम गरिएको जोशीको भनाई छ । 

नेपाल सरकारको नियमअनुसार १५ दिन क्रिया बिदा पाइन्छ । आपत, विपदमा परेका नागरिकहरुको तत्काल प्रतिकार्य गर्न सकियोस् भनेर आफुले कामकाज गरिरहेको जोशीले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise