काठमाडौं : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले 'स्कुल फेट २०८१' सम्पन्न गरेको छ ।
शनिबार स्कुल परिसरमै आयोजना गरिएको फेटमा विद्यार्थीहरूले आ-आफ्ना व्यावसायिक सीप तथा कला प्रस्तुत गरेका थिए । कार्यक्रममा फुड स्टल, आर्ट एन्ड क्राफ्ट, फेस पेन्टिङ, बुक स्टल, सांस्कृतिक कार्यक्रम तथा केही खेल प्रस्तुत गरिएको थियो ।
स्कुलका कक्षा ९ का छात्र दीक्षान्त ओझाले कार्यक्रमले विद्यार्थीहरूमा व्यावसायिक ज्ञान हुने र प्रतिभा प्रस्फुटनसमेत हुने बताए ।
प्रिन्सिपल रामेश्वर दाहालले विद्यार्थीहरूका सीप र प्रतिभा उजागर गर्ने उद्देश्यले फेट गरिएको उल्लेख गरे । यस्ता कार्यक्रमसँगै विभिन्न अतिरिक्त क्रियाकलापबाट विद्यार्थीहरूमा पाठ्यक्रमबाहिरका व्यावहारिक ज्ञान दिँदै आएको उनको भनाइ थियो ।