२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

मन्त्रिपरिषद् बैठक स्थगित गरेर कांग्रेस–एमाले छलफलमा

draupadi film
मध्यान्ह
२०८१ मंसिर ४ गते १८:००
मन्त्रिपरिषद् बैठक स्थगित गरेर कांग्रेस–एमाले छलफलमा

काठमाडौं  : मंगलबार साँझ बस्ने तय भएको मन्त्रिपरिषद्को बैठक स्थगित गरेर कांग्रेस र एमाले छलफलमा जुटेका छन् । 

आज साँझ बस्ने भनिएको मन्त्रिपरिषद् स्थगित भएको छ भने अहिले सत्तारुढ कांग्रेस र एमालेका शीर्ष नेताहरू सामूहिक छलफलमा जुटेका छन् ।

छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सहभागी छन् । यस्तै प्रधानमन्त्री केपी ओलीसहित अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार एवम् एमाले उपमहासचिव विष्णु रिमाल लगायत सहभागी छन् ।

सोमबार एक्लाएक्लै छलफल गरेका प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच आज पनि छलफलमा जछन् ।

सोमबारको छलफलमा मन्त्रि फेरबदल, प्रधानमन्त्रीको चीन भ्रमण र महत्वाकांक्षी चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) बारे कुराकानी भएको थियो ।

प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते चीन भ्रमणमा जान लागेकाले बीआरआईबारे साझा धारणा बनाउने कोसिसमा दुई दलका शीर्ष नेता जुटेका हुन् । सोमबार कमजोर नतिजा भएका मन्त्रिपरिषद्का केही सदस्यहरू हेरफेरबारे पनि दुई नेताबीच छलफल भएको थियो । 

कांग्रेस र एमाले दुवै दल मन्त्रीहरू परिवर्तन गर्ने तयारीसहित छलफलमा छन् । आज दिउँसो सभापति देउवाले कांग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापासँग छलफल गरेका थिए । 
 

ADV

सम्बन्धित खबर

Advertise