२०८२ असार १८ गते बुधवार / Jul 02 , 2025 , Wednesday
२०८२ असार १८ गते बुधवार
Ads

आगलागीबाट लाखौंको क्षति

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८१ मंसिर ४ गते २०:३६
आगलागीबाट लाखौंको क्षति

रौतहट : रौतहट बौधिमाई नगरपालिका वडा नं.२ इनर्वामा आगलागी हुँदा लाखौंको क्षति पुर्‍याएको छ । इनर्वा मठ टोलमा रहेको सिताबी पटेंलको गोठ घरमा लामखुट्टे धपाउन बालेको आगोबाट आगलागी भइ गोठघर पूर्ण रुपमा जलेर नष्ट हुनुका साथै एक चौपायासहित पटेलको श्रीमति जलेर गम्भीर घाइते भएकी छिन् ।  

सोमबार राति करिब साढे ११ बजेको समयमा भएको आगलागीबाट एकैसाथ दुई परिवारका गोठघर जलेर नष्ट भएको हो । स्थानीय सिताबी पटेंलको घरमा लागेको आगोबाट छिमेकी नागेन्द्र पटेंलको गोठघर समेत पूर्ण रुपमा जलेर नष्ट भएको हो ।

आगलागीमा दुईवटै परिवारका गोठ घरमा राखिएका लाखौं मूल्य बराबरको कृषि सामग्री, मोटर तार, पाइप, पंखा, लता–कपडा, साइकल, अन्नबाली, खानेकुरा, बीउबिजन, कृषिमल, किटनाशक औषधी लगायत ओछ्यान र घरमा राखिएको काठ समेत पूर्ण रुपमा जलेर नष्ट भएको हो । परिवारका सम्पूर्ण सदस्यहरु सुतिरहेको बेला आगो लागि विकराल रूप लिएपछि थाहा पाएको पीडित परिवारले बताएका छन् ।

आगलागीबाट स्थानीय सिताबी पटेंलको गोठघर राखिएको काठको तयारी अवस्थामा रहेको झ्याल, चौकठहरु गरी सम्पूूर्ण सामग्री जल्नुको साथै एक भैंसी समेत गरेर लाखौं लाख बराबरको धनमाल जलेर पूर्णरूपमा क्षति भएको पीडित परिवारले बताए । सँगै अर्का छिमेकी नागेन्द्र पटेंलको घरमा आगो सल्किँदा अन्नपानी,लताकपडा, कृषि सामग्री र घरमा राखिएको काठहरु समेत घर पूर्णरूपमा जल्दा लाखौंको धनमाल क्षति भएको अनुमान गरिएको छ ।

स्थानीय गाउँबासीको सहयोग तथा ईलाका प्रहरी कार्यालय कोपवा पिपरियाको सहयोगमा आगोलाई नियन्त्रणमा लिएको थियो । 

नगरपालिकाको पानी ट्यांकी सानो दमकलको सहयोगबाट आगोलाई पूर्ण रुपमा नियन्त्रण गरिएको वडाध्यक्ष धर्मेन्द्र प्रसाद पटेंलले बताए ।

पीडित सिताबी पटेंलको श्रीमतिलाई वीरगञ्ज पठाइएको तथा वीरगञ्ज उपचार हुन नसकेकाले थप उपचारको लागि काठमाडौं रेफर गरिएको पीडित  परिवारजनले बताए ।

ADV

सम्बन्धित खबर

Advertise