२०८१ मंसिर १९ गते बुधवार / Dec 04 , 2024 , Wednesday
२०८१ मंसिर १९ गते बुधवार

होटलमा बालिका राखेर यौन धन्दा गरेको आरोप

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ मंसिर १४ गते २०:५५
होटलमा बालिका राखेर यौन धन्दा गरेको आरोप

रौतहट : रौतहटको उत्तरी भेगमा पर्ने चन्द्रनिगापुरस्थित पूर्वपश्चिम राजमार्गको होटेल वेलकम यतिबेला विवादको केन्द्रमा छ । स्थानीयहरूले लामो समयदेखि होटेलमा यौनजन्य गतिविधि हुँदै आएको आरोप लगाएका छन् । उक्त होटेलमा नाबालिका किशोरीहरूको समेत प्रयोग गरी अवैध यौन धन्दा सञ्चालन भइरहेको आरोप लागेको हो । 
एक विशेष छानबिन टोलीले होटेलका सञ्चालकसँग प्रत्यक्ष संवाद गर्दा, होटेलमा प्रति ग्राहक १ हजार ५ सय रुपैयाँ शुल्क लिएर यौन सेवा प्रदान गरिने गरेको खुलासा भएको हो । सञ्चालकले खुलेआम यौन धन्दाको विषय स्वीकारेपछि स्थानीय बासिन्दाहरूको आक्रोश झन् चुलिएको हो ।
पहिले होराइजन होटलको नामले चिनिने यो होटेलले केही समयअघि नाम परिवर्तन गरी ‘वेलकम’ राखेको थियो । नाम परिवर्तनसहित व्यवसायको स्वरूप पनि सुधारिएको भ्रम सिर्जना गरिएको भए पनि अवैध गतिविधि रोकिएको छैन । स्थानीयले यस्ता गतिविधिले समाजमा गलत प्रभाव पार्ने र युवापुस्तालाई अपराधतर्फ धकेल्ने भन्दै होटेल तत्काल बन्द गर्न र सञ्चालकलाई कारबाही गर्न माग गरेका छन् । यस विषयमा प्रहरीले हालसम्म ठोस कदम नचालेको स्थानीयको गुनासो छ ।
यस्ता घटनाले स्थानीय समाजमा नैतिकता र संस्कारमा गम्भीर असर पार्ने स्पष्ट छ । तर, सम्बन्धित निकायले कानूनी प्रक्रिया अघि बढाउन ढिलाई गर्दा अवैध कार्य झन् मौलाएको छ । समाज सुधारका लागि प्रहरी प्रशासनले यस्ता होटलहरूमा निगरानी बढाउँदै कडा कारबाही गर्नुपर्ने देखिन्छ । स्थानीयले मात्र आवाज उठाएर यस्ता गतिविधि रोक्न नसकिने हुँदा सामूहिक पहल अपरिहार्य छ ।
चन्द्रनिगापुरजस्तो क्षेत्रमा यस्ता अवैध गतिविधि निरन्तर भइरहनु समाजका लागि घातक हो । आफुहरुको चासो र मागलाई सम्बोधन गर्दै सम्बन्धित निकायले तत्कालै कडा कदम चाल्नुपर्ने स्थानीय बताउँछन् । 

ADVADV

सम्बन्धित खबर

Advertise